२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट एकजना गम्भिर घाइते

तुलसीपुर, १४ फागुन ।  दाङको तुलसीपुरमा बसको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ६५ बर्षीय शिवराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार बसपार्कबाट अटो भिलेजतर्फ जादै गरेको भे १ ज १३४४ नम्बरको इभि गाडीले बसपार्क न्युरोड नजिकै पैदल हिडिरहेका नेपालीलाई आज दिउँसो पौने ३ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीसहित चालक शान्तिनगर–५ का ४० बर्षीय इन्द्र बहादु घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।