तुलसीपुर,३ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वित्तिय सुधार सेवा प्रवाहमा देशमै उत्कृष्ट पालिकाका रुपमा सम्मानित भएको छ ।
शुक्रबार भएको कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई प्रमाणपत्र सहित सम्मान प्रदान गर्नुभएको हो ।
पाटन सङ्ग्रहालयमा भएको नगरविकास कोषको ३७ औं वार्षिक समारोहका अवसरमा सम्मान प्रदान गरिएको हो । सेवा प्रवाह, वित्तिय सुशासन, ऋण असुलीदर, साझेदारी, सहकार्यमा प्रभावकारी लगायतका सूचक पार गरेपछि उपमहानगरपालिका उत्कृष्ट भएको नगर प्रमुख खड्काले बताउनुभो ।
मेयर टिकाराम खड्काको निर्देशनमा उपमहानगरपालिकाले प्रशासनिक सुधार, फजुल खर्चमा कटौति र कर संकलनको कार्यलाई चुस्त बनाएको छ । सम्मान कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, इन्जिनियर पवन योगीलगायतको सहभागिता रहेको थियो । यस अघि शैक्षीक क्षेत्रमा उल्लेखनिय सुधार गरेको भन्दै मावि सेन्टर कुल र मेट्रो कलेज देशमै उत्कृष्ट भएको भन्दै प्रधानमन्त्री केपी शर्मालीले सम्मान गर्नु भएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।