तुलसीपुर, २९ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ संग्राम निवासी ६४ वर्षीया इश्वरी वलीको खाना पकाउने क्रममा आगलागीबाट मृत्यु भएको छ । माघ २१ गते साँझ ७ बजे घरमा खाना पकाउने क्रममा चुलोबाट कपडामा आगो सल्किँदा पेट र घुँडाको बीचको भागमा गम्भीर रूपमा जलेकी वलीलाई उपचारका लागि चिनारी अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हुँदै कीर्तिपुर अस्पताल, काठमाडौं लगिएको थियो ।
कीर्तिपुर अस्पतालमा उपचार सम्भव नभएपछि माघ २८ गते बिहान ५ बजे राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा ल्याइएको थियो । उपचारकै क्रममा आज बिहान ७ः३० बजे वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो । हाल शव सोही अस्पतालमा राखिएको छ । यस घटनाले खाना पकाउने क्रममा आगलागीबाट हुन सक्ने जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।