२०८३ कार्तिक १० गते सोमवार

सुर्खेतमा बस दुर्घटनामा परी ३६ जना घाइते

सुर्खेत, २८ माघ ।  सुर्खेतमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनभयो । घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको पनि उनले बताए ।

आइतबार बेलुका ५ः२० बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५, को बबई स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको थियो । भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए । बस पुलबाट तल खसेर दुर्घटना भएको हो ।।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।