२०८३ कार्तिक ९ गते आइतवार

एक महिनामा ४ हजार ३ सय ४५ वटा मुद्दा दर्ता

काठमाण्डौ,११ माघ । पुस महिनामा देशभर ४ हजार ३ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकानुसार पुसमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यकामा १ हजार ३ सय ६३ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६ सय ५० वटा र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ५१ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कोशीमा ६ सय ३०, बाग्मतीमा ४ सय २९, गण्डकीमा ३ सय ६, लुम्बिीमा ५ सय ४६ र सुदूरपश्चिमा २ सय ७० वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

पुस महिनामा सबैभन्दा धेरै बैंकिङ कसूरमा १ हजार १ सय ४६ वटा मुद्दा दर्ता भएका छन् । यो संख्या कुल मुद्दाको २६।३८ प्रतिशत रहेको प्रहरीले जनाएको छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६ सय १०, आत्महत्याका ४ सय २४, लागूऔषधका ४ सय १३, चोरीका २ सय ७२, ठगीका २ सय २२, सवारी ज्यानका १ सय ६८, जबरजस्ती करणलीका १ सय ५०, ज्यान मार्ने उद्योगका ८५ र कर्तव्य ज्यान मुद्दाका ४१ वटा मुद्दा दर्ता भएका छन् ।

मुद्दा दर्ता दर मंसिर महिनाको तुलनामा ३।९२ प्रतिशतले बढेको प्रहरीले जनाएको छ । मंसिरमा ४ हजार १ सय ८१ वटा मुद्दा दर्ता भएको थियो ।।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।