२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

तुलसीपुर, १० पौष ।  दाङको तुलसीपुरका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को समन्वय एवम् प्रहरी चौकी बेलुवा र अस्थायी ट्राफिक प्रहरी पोष्ट बसपार्कको सहकार्यमा तुलसीपुरका विभिन्न ३ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । तुलसीपुर–हापुरे सडकखण्डअन्र्तगत दोघरेस्थित ९ नम्बर वडा कार्यालय जाने चोक, दमारगाँउ जाने चोक र बेलुवा जाने चोकमा जेब्रा क्रसिङ निर्माण गरिएको अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भण्डारीले जानकारी दिनुभयो । जेब्रा क्रसिङ नहुदा विशेष गरी विद्यार्थी र अन्य पैदलयात्रुहरुलाई सडक वारपार गर्न कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको उहाँले बताउनुभयो । आवश्यक स्थानमा जेब्रा क्रसिङ नहुदा दुर्घटनाको जोखिमसेमत बढिरहेको र सो स्थानमा धेरै पटक दुर्घटना पनि भएको आफुले देखेकाले जेब्रा क्रसिङ निर्माणको आवश्यकता ठानेर निर्माण गरिएको अप्टिमिष्ट क्लब अफ तुलसीपुरका महासचिव मेघराज पोख्रेलले बताउनुभयो ।

आगामी दिनमा पनि आवश्यकताका आधारमा अन्य स्थानमा पनि जेब्रा क्रसिङ निर्माण गर्न सकिने उहाँको भनाई छ । विगतदेखी नै सो स्थानमा जेब्रा क्रसिङको आवश्यकता भएपनि निर्माणमा कसैले चासो नदेखाएपछी आफूहरु अगाडी सरेको उहाँले बताउनुभयो । क्लबले ९ नम्बरको वडा कार्यालय जाने चोकमा सचेतनामुलक बोर्डसमेत स्थापना गरेको छ । जसमा ‘‘विद्यालय क्षेत्र गति सिमित’’ लेखिएको छ । जेब्रा क्रसिङ निर्माण भएसङ्गै अब दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको छ । वडाअध्यक्ष घनश्याम ढकालको प्रमुख आथित्यतामा भएको बोर्ड स्थापना तथा जेब्रा क्रसिङ निर्माण कार्यक्रममा अप्टिमिष्ट क्लबका वरिष्ट उपाध्यक्ष मेघराज घिमिरे, संस्थापक अध्यक्ष मान बहादुर बस्नेत, निबर्तमान अध्यक्ष कमल सापकोटा, सल्लाहकार घनश्याम डाँगी, समाजसेवी जय बहादुर घर्ती र मुक्तीप्रसाद न्यौपाने, प्रहरी चौकी बेलुवाका इन्चार्ज (असई) सन्तोष आचार्य, प्रहरी हवल्दार यज्ञ थापा, सहायक हवल्दार विकाश केसी, अस्थायी ट्राफिक प्रहरी पोष्ट बसपार्कका ट्राफिक सहायक हवल्दार शिव न्यौपानेलगाएको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।