२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा स्कुटी दुर्घटना हुदा आमाछोरा घाइते

तुलसीपुर, ५ पौष ।  दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुदा आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४० बर्षीया माया भण्डारी र स्कुटि चालक उहाँकै छोरा १८ बर्षीय अनुराग भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट सल्यानतर्फ जादै गरेका लु.प्र ०२–००१ ७३६२ नम्बरको स्कुटी तुलसीपुर–३ सिरखोला नजिकै आज बिहान ११ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका आमाछोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।