दाङ, २२ मंसिर । नेकपा एमलेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले खिस्सीट्युरी गरेर दाङको विकास नहुने बताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिका –१९ वडा कार्यालयको प्रशासनिक भवनको शनिबार तोप्पापानीमा उद्घाटन गर्दै आफुले पनि गर्न नसक्ने र अर्काले गरेको काम पनि देख्न नसक्ने प्रवृति नै दाङको विकास र समृद्धिको वाधक भएको बताउनुभयो ।
‘आफु सत्तामा हुँदा काम नगर्ने । अर्काले सडक बनाउँदा वनमा उजुरी हाल्ने । वडा भवन बनाउँदा विवाद सृजना गरेर अवरोध गर्ने । अनि माइक पाइयो भने यो पनि भएन त्यो पनि भएन भन्दै जेपायो त्यही बोल्नेहरुका कारण समाजमा अराजकता बढदै गएको छ ।’ महासचिव पोखरेलले भन्नुभयो । दाङको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन आवश्यक रहेको चर्चा गर्दौ उहाँले राम्रा कामका लागि यो एमालेको एजेण्डा, यो काँग्रेसको एजेण्डा वा माओवादीको एजेण्डा भन्न नहुने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाको १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताउनुभयो । उहाँले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको बताउनुभयो । नगरप्रमुख खड्काले वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्रे सुरुवात गरिने बताउनुभयो ।
कार्यक्रममा पूर्व नगर प्रमुख घनश्याम पाण्डेले वडाबासीहरुको आपसी विवादका कारण वर्षौ अघि बन्ने सडक र भवनहरु वर्षौ पछि बनेको बताउँदै विकासका लागि सामूहिक एकता आवश्यक रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षमामा भएको कार्यक्रममा सोरठी, मयुर, धामी लगायतका नृत्यहरु प्रस्तुत गरिएको थियो । वडा सचिव मोतिलाल भुसालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सदस्य रामबहादुर पौडेलले गर्नुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।