२०८३ कार्तिक ११ गते मङ्गलवार

बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्ने ३ जना पक्राउ

काठमाण्डौ, १३ मंसिर । भक्तपुरमा एक जना मेडिकल सञ्चालक तथा स्वास्थ्यकर्मीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ नयाँ थिमि बस्ने समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारि घर भई स्वयम्भू बस्ने दीपेन्द्र दर्जी र नयाँ थिमि बस्ने वर्षा दर्जी छन् ।

उनीहरूले स्वास्थ्यकर्मीलाई उपचारका लागि घरमा बोलाएर बलात्कारमा फसाइदिने धम्की दिई रकम असुलेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पक्राउ परेकी वर्षाले घाउ ड्रेसिङका लागि भन्दै स्वास्थ्यकर्मीलाई बोलाएर आफ्नो शरीर छुन लगाएकी थिइन् । वर्षाले कोठामा आफू एक्लै भएको बेलामा स्वास्थ्यकर्मीलाई बोलाएपछि शारीरिक सम्पर्क भएको आरोप लगाएर जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु भन्दै डरत्रास देखाएर आठ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।