२०८३ कार्तिक ११ गते मङ्गलवार

श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु

  तनहुँ, २३ कात्तिक । श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएके छ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले प्रहर गरेको बन्चरोले उनको श्रीमतीको मृत्यु भएको हो ।श्रेष्ठले हिजो ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । हत्यामा संलग्न अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।।  

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।