काठमाडौँ , ८ भदाै । तुलसीपुरको टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि दाङका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, सङ्घीय सांसदहरू दीपक गिरी र मेनका पोखरेलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले टरिगाउँ विमानस्थलको स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर चारलेन सडक निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पतालको स्तरवृद्धि, सुकौराकोट दंगीशरण राजा दरबारमा थारु संस्कृति केन्द्र निमार्ण लगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले टरिगाउँ विमानस्थलको स्तरवृद्धि काम यसै वर्षदेखि सुरु गर्ने बताएको टोलीमा सहभागी तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेले तुलसीपुर खबरलाई जानकारी दिनुभयो ।
टरिगाउँ एयरपोर्टको विषयमा विभिन्न दलका नेता, मन्त्री, देखि प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म सिन्को नभाँचेको अवस्थामा बन्छ भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्नमा पूर्व मेयर पाण्डेले भन्नुभयो ‘सबैभन्दा पहिला भेटलाई प्रधानमन्त्रीले उच्च प्राथमिकता दिनुभयो । हाम्रा मागहरूलाई बढो उत्सुकता र चासोका साथ सुन्नुभयो र यसैवर्ष देखि काम सुरु हुन्छ भन्नुभयो । त्यति भए त बन्छ भन्नेमा ढुक्क हुनपु¥यो । किनकी उहाँ देशको प्रधानमन्त्री हो । अर्को कुरा स्थानीय जनप्रतिनिधि देखि, नीजि क्षेत्र र एमाले तथा काँग्रेसका प्रभावशाली नेताहरू प्रधानमन्त्रीको कार्यालयमै पुगेर सामूहिक रुपमा ध्यानाकर्षण गराएको यो पहिलो पटक हो । जसका कारण प्रधानमन्त्रीले हाम्रा विकासका मागलाई गम्भीरताका साथ लिनु भएको छ ।’
२०११ सालमा संचालनमा आएको टरिगाउँ विमानस्थल, बन्दै हुँदै र सञ्चालन हुँदै आएको छ । पछिल्लो केही महिना यता विमान नै आउन छोडेको छ । विमानस्थलका विषयमा पटक पटक आवाज उठेपनि भौगोलिकरूपमा नेतृत्व विभाजन हुँदै गर्दा धावनमार्ग बिस्तारमा ढिलाई हुँदै आएको छ । संघीय सरकारले धावनमार्ग विस्तारका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएपनि कार्यान्वयनमा आएको छैन । तुलसीपुर उपमहानगरको संयोजनमा गएको प्रतिनिधि मण्डलमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराहीकी उपप्रमुख हुमा डीसी, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री,दंगिशरणका गाउँपालिका प्रमुख शम्भु गिरी सहित उद्योगी र व्यवसायीको सहभागिता थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।