२०८३ कार्तिक १२ गते बिहिवार

करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु, तीन जना घाइते

काठमाडौं, २७ श्रावन ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु भएको छ अन्य तीन जना घाइते भएका छन् । करेन्ट लागेर सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङका अनुसार हिजो दिउँसो विद्युत् तार आसपासको रुखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्लाअस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै करेन्ट लागेर घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रूपमा कार्यरत टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।