२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ

तुलसीपुर, २७ श्रावन ।  दाङको तुलसीपुरमा भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–४ सुनवलपुर निवासी ३६ वर्षीय टंक बहादुर सिंजाली र सोही ठाउँका २९ वर्षीय युबराज गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराती करिब १२ बजेको समयमा तुलसीपुर–४ को ठुलाखालीमा गस्ती गर्ने क्रममा सोही ठाउँको गादीबरा सामुदायीक वनमा संकास्पद रुपमा हिडिरहेका उनीहरुलाई खानतलासी गर्दा भरुवा बन्दुक फेला परेपछी पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले एक थान भरुवा बन्दुकसहित २१ राउण्ड गोली छर्रामेत बरामद गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।