तुलसीपुर २५ साउन । सामुदायिक वन दिवसको अवसरमा आज तुलसीपुरको एक सामुदायिक वनमा १ हजार बढी विरुवा रोपिएको छ । तुलसीपुर उपमहानगरपालिका ४ मा रहेको विरेन्द्र सामुदायिक वन उपभोक्ता समुहमा दिवसको अवसर पारी वृक्षारोपन कार्यक्रम गरिएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघका महासचिव शोभाकर सापकोटाले सरकारले लगाएको तेहरो कर सामुदायिक वन उपभोक्ताले नतिर्ने बताउनुभएको छ । स्थानीय सरकारसँगको समन्वयमा एकद्वार प्रणालीबाट कर तिर्नका लागी सामुदायिक वन तयार रहेकाले तेहरो कर प्रणाली नहटाए सम्म कुनै हालतमा सहय नहुने बताउनुभएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तुलसी थापाले आर्थिक वर्ष २०८१÷०८२ मा वन वातावरण क्षेत्रका लागी १ लाख रुपैंया वजेट समेत विनियोजन भएको बताउनुभएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा रेञ्ज पोष्ट महासंघ तुलसीपुरका संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर खत्रीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा वन महासंघ दाङका सदस्य भुप बहादुर के.सी.,सव डिभिजन तुलसपिुरका प्रमुख सर्जन वली,स्थानीय महासंघका सल्लाहाकार मोहन शमशेर थापा,न्याउली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कलशिंह रावत,ठुलाचौर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष फनिन्द्र भट्राई,लेखा समितिका संयोजक मिना आचार्य,सदस्य शोभाराम बुढाथोकी,खाद्रे खानेपानीका अध्यक्ष ढक बहादुृर वि.क.लगाएतले मनत्व्य राख्नुभएको थियो ।

बोल्ने बक्ताहरुले जलवायु परिवर्र्तनको असरलाई न्युनिकरण गर्न र मानवको जिवन अस्तित्वका लागी पनि वनको महत्व अपरिहार्य रहेकाले वन संरक्षणमा सबैले ध्यान दिन आवश्यक रहेको बताएका थिए । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरको आयोजना, विरेन्द्र सामुदायिक वन उपभोक्ता समुहको व्यवस्थापन तथा वन्यजन्तु संरक्षण संघ र वन महासंघ लुम्बिनी प्रदेशका समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण सदस्य विद्यराज कँडेलले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।