२०८३ कार्तिक ११ गते बुधवार

छुट्टाछुट्टै घटनामा परी चार जनाको मृत्यु

चितवन, ११ श्रावन ।  चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।  नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुवै गाडीका चालक भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

यस्तै भरतपुर महानगरपालिकाको भित्री सडकमा गाडी दुर्घटना हुँदा वडा नम्बर ७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ । उहाँँ चढेको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँएको थियो । यस्तै खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयकाअनुसार हिजो बेलुका सिद्धिबजारबाट घर फर्किँदा कयर खोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेला परेको हो ।।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।