२०८३ कार्तिक ११ गते बुधवार

दंगीशरणमा मोटरसाइकल पल्टिदा चालक घाइते

तुलसीपुर, ४ श्रावन ।  दाङको दंगीशरणमा मोटरसाइकल पल्टिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–२ कुमलगडी निवासी २५ वर्षीय कुमार चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दंगीशरण–५ को मिरौलीबाट हेकुलीतर्फ जादै गरेको रा ४ प २७३४ नम्बरको मोटरसाइकल गएराती करिब १ बजेको समयमा मिरौली नजिकै आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।