२०८३ कार्तिक ११ गते बुधवार

सल्यानमा बलात्कारका आरोपी भरुवा बन्दुकसहित पक्राउ

सल्यान, २१ असार ।  सल्यानमा जबरजस्ती करणीका आरोपीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार यही असार १९ गते ४३ वर्षीया एक महिलालाई पीडितकै घरमा गएर बलात्कार गरेको भनी जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसी रहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनको घर खानतलासी गर्ने क्रममा घरको बैकलमा भरेर ठिक्क पारेको एक नाले भरुवा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ । आरोपित वलीलाई जबरजस्ती करण तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा सल्यान जिल्ला अदालत सल्यानबाट ४ दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०८१ असार २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।