काठमाण्डौ, २० असार । नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएका छन् । यही अवधिमा २ सय ५९ वटा पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटना भएका छन् । नेपालमा गएको जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो ।
आउँदो आइतवारसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र पालिकाले समयमा नै ध्यान दिनुपर्ने देखिएको छ । नदी किनारमा भएका बस्ती, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको छ ।।
प्रकाशित मिति : २०८१ असार २० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।