सिरहा, १८ असार । सिरहाको नरहा गाउँपालिका–३ खोरिया टोलमा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उहाँका ८ वर्षीय भाञ्जा आशिष मण्डल रहेका छन् ।
हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यायल सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।