तुलसीपुर, १४ असार । दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा फसेका एकजनाको उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा स्थित छविलाल वलीको घरमा इनार सफा गर्ने भनेर इनारमा पसेका तुलसीपुर–१५ का अन्दाजी ५०/५१ वर्षीय प्याउला थारु इनारमै फसेको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो दिउँसो सवा १ बजेको समयमा इनार सफा गर्ने क्रममा फसेको चौधरीको इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विपत व्यवस्थापनको १४ जनाको टोलीले उद्धार गरेको हो ।।
प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।