२०८३ कार्तिक ११ गते बुधवार

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा, २ जेठ ।  सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका–७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतिर जादै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले जानकारी दिनुभयो । दुर्घटनामा परि ज्यान गुमाएका परिवार र आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग केहिबेर चक्काजाम गरेका थिए । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी पण्डितले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ असार २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।