२०८३ कार्तिक ११ गते बुधवार

रुकुम पूर्वबाट छ हजार किलो मह निकासी

रुकुम पूर्व, ३१ जेठ । यस वर्ष रुकुम पूर्वबाट साठी क्विन्टल भीर मह निकासी भएको छ । वैशाख देखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ । यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटा गाउँपालिकाका विभिन्न ठाउँमा भीर मौरी पाइन्छ । जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएको भीर मह जिल्ला बाहिर निकासी भएको हो । मह निकाल्ने र निकासी गर्ने ठेक्का मार्फत गर्ने गरिएको छ । गत वर्षहरूको तुलनामा यो वर्ष मह केही वृद्धि भएको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले बताउनुभयो । ६० क्विन्टल भीर मह निकासीको लागि व्यापारीले अनुमति पुर्जी लिएका हुन् । ६० क्विन्टल मह नै निकासी भइसकेको रेन्जर केसीले जानकारी दिनुभयो ।

प्रति किलो २० रुपियाँको दरमा निकासी गर्ने व्यापारीबाट राजस्व लिने गरिएको डिभिजन वन कार्यालयले बताएको छ । जसमा साठी क्विन्टल बापतको कार्यालयमा राजस्व एक लाख २० हजार रुपियाँ सङ्कलन भएको छ । गत वर्ष ५० क्विन्टल भीर मह निकासी भएको थियो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।