२०८३ कार्तिक ११ गते बुधवार

मलेसियामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

रौतहट, २७ जेठ ।  वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटका एक युवकको दुर्घटनामा परेर मृत्यु भएको छ । मलेसियामा ट्रक दुर्घटनामा परी कटहरिया नगरपालिका–३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको मृत्यु भएको हो ।

मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । मृतकको शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ । मलेसिया स्थित नेपाली राजदूतावासले उनले काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।