तुलसीपुर, २० जेठ । तुलसीपुरमा गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीका ७० वर्षीय भगवान् खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार राती ८ बजेको समयमा हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका उनको च्यापिएर मृत्यु भएको हो । खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।