२०८३ कार्तिक ११ गते बुधवार

गर्मीका कारण एकैदिन ७९ जनाको मृत्यु

काठमाडौं, १८ जेठ ।  भारतमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा हिजो एकै दिन लूका कारण ७९ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ भने झारखन्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको मौसम विभागले आजका लागि यी राज्यमा लूसम्बन्धी सूचना जारी गर्दै सतर्कता अपनाउन भनेको छ । पछिल्ला दिनमा भारतमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।