काठमाडौं, १० जेठ । बाजुराबाट विद्यार्थी बोकेर रारा तालका लागि छुटेको जीप मुगुमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाममा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाजुराको कोल्टीस्थित जनप्रकाश माविका विद्यार्थी शैक्षिक भ्रमणका लागि रारातर्फ जाने क्रममा दुर्घटना भएको हो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।