काठमाडौं, १० जेठ । हिमाली जिल्ला मुगुको ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा घाइते भएका विमानस्थल प्रमुख धीरेन्द्र भामलाई काठमाडौँ रिफर गरिएको छ । घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको हो ।
आज १२ बजेतिर ताल्चाबाट नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर जहाजको अघिल्लो भागको पङ्खाले भामलाई ठक्कर दिएको जिल्ला प्रहरीका कार्यालय मुगुले जानकारी दिनुभयो । उहाँको अवस्था गम्भीर रहेकाले नेपालगन्ज हुँदै काठमाडौँ पठाइएको छ । भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेको र जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि उहाँ जहाजतर्फ जाने क्रममा जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएपछि उहाँ घाइते हुनुभएको हो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।