२०८३ कार्तिक ११ गते बुधवार

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते

काठमाण्डौ, ८ जेठ ।  चितवनको कुरिनटारमा आज बिहान माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन् । बा ३ ख ६६१० नम्बरको माइक्रोबस र बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा ठोक्किँदा माइक्रोबसमा रहेका १३ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । १२ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र एक जनालाई काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि कुरिनटारमा केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले सहजरूपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।