काठमाडौं, ५ गते । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडाका लागि छुटेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट खसेर दुर्घटना हुँदा रौतहट मौलापुर नगरपालिका–६ का १७ वर्षका विवेक साह र मकवानपुरको बकैया गाउँपालिका–१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कार चालक बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षका सन्दीप साहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।