तुलसीपुर, १ जेठ । दाङको तुलसीपुरमा टिप्पर दुर्घटनामा परेको छ । तुलसीपुरको लामीदमारबाट तुलसीपुर–१४ भोजपुरतर्फ जादै गरेको रा १ ख २३०३ नम्बरको टिप्पर तुलसीपुर–४ घोरनेटीमा आज दिउँसो दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार गढवा गाउँपालिका–३ का ४२ वर्षीय पेनु चौधरीले चलाएको सो टिप्पर उकालोमा ब्रेक फेल हुदा सडकदेखी झन्डै २५ मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनाबाट मानविय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।