काठमाण्डौ, २८ बैशाख । अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर नौ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा रहेका छन् । उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । यो समूहले १० जना युवालाई अमेरिका पठाउने भन्दै साढे पाँच करोड रुपैयाँ लिएर केन्या पुर्याएर बन्धक बनाएको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिनुभयो ।
उनीहरूले अमेरिका जान इच्छुकसँग शुरुमा पाँच लाख रुपैयाँ लिएका थिए । त्यसपछि टिकट, डलर सटही लगायतका शीर्षक देखाउँदै रकम लिइएको पाइएको छ । प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म असुलेपछि १० जनालाई केन्या पठाएर बन्धक बनाएको खुलेको एसएसपी भट्टराईले बताउनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।