सल्यान, २१ बैशाख । सल्यानमा लागु औषध मुद्धामा फरार रहेका दुईजनालाई २२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– ४ का ७० वर्षीय मन बहादुर पुन र ६७ वर्षीय प्रेम बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
प्र्रहरीका अनुसार अदालतले २०५९ माघ २६ गते उनीहरुलाई जनही २ वर्ष कैदको फैसला गरेको थियो । त्यसपछी फरार रहेका दुबैजनालाई २२ बर्ष पछी पक्राउ गरिएको हो । दुवै प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।