अर्घाखाँची, १८ बैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो भूमिकास्थान–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो ।
हजुरबुबा घरबाहिर गएको समयमा आगलागी भएकाले घरभित्र रहेकी नातिनी आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यस्तै आगलागीबाट दुई वटा घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् ।
प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।