२०८३ कार्तिक ११ गते बुधवार

आगलागीमा परि एक महिलाको मृत्यु

रामेछाप, १५ बैशाख ।  खाना पकाउने क्रममा जलेकी रामेछापको मन्थली नगरपालिका–११ की ४२ वर्षीया साइलीमाया तामाङको उपचारका क्रममा ज्यान गएको छ । अस्ति बिहीवार घरमा खाना पकाउने क्रममा तामाङ जल्नुभएको थियो ।

घाइते उहाँको काठमाण्डौको कीर्तिपुर जलन उपचार अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।