२०८३ कार्तिक ११ गते बुधवार

रुकुममा झाडापखालाबाट एक बालकको मृत्यु

रुकुम पश्चिम, ११ बैशाख ।  रुकुम पश्चिममा झाडापखालाको कारण एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सानीभेरी गाउँपालिका–३ का १६ वर्षिय किरण ओली रहेको गाउँपालिका स्वास्थ्य संयोजक विजय वलीले जानकारी दिनुभयो । विगत केहीदिन अघिदेखि झाडापखाला लागेका ओलीको सानीभेरी गाउँपालिका अस्पतालमा उपचारकै क्रममा हिजो सोमबार मृत्यु भएको उहाँले बताउनुभयो ।

फोहोर पानी र सरसफाईको कमीले गर्दा झाडापखला भएर बालकको मृत्यु भएको उहाँको भनाई छ । उहाँका अनुसार केहिदिन यता पालिकामा झाडापखालाका बिरामीहरुको सङ्ख्या बढेको छ । अब गाउँमा गएर यसबारे बुझेर आवश्यक निर्णय लिने स्वास्थ्य संयोजक वलीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।