यूएई, ५ वैशाख । खाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । संयुक्त अरब इमिरेट्स यूएईमा भएको वर्षाका कारण दुबई, आबुधाबीलगायतका शहरको जनजीवन प्रभावित भएको छ ।
यूएई मौसम विभागकाअनुसार २४ घण्टाभन्दा कम समयमा दुई सय ५४ मिलिमिटरसम्म पानी परेको छ । यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । बहराइन, कतार र साउदी अरबमा पनि ठूलो पानी परेको छ ।यूएईमा बाढीका कारण एकजनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।
यूएईमा भएको ठूलो वर्षाले छिमेकी देश ओमानमा बाढी आएको छ ।बाढीका कारण ओमानमा १८ जनाको ज्यान गएको छ । ओमान र यूएईमा वर्षाका कारण विद्यालय बन्द गरिएका छन् । सडक तथा विमानस्थलमा बाढी पस्दा यातायात सेवा अबरुद्ध भएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।