तुलसीपुर, २ वैशाख । तुलसीपुर ३ टुनापानीकाे सिद्वेधारामा खैराबाङ भगवती देवीको मन्दिर निर्माण गरिएको छ । सांस्कृतिक पहिचान र पर्यटन विकासकालागि करिब १४ लालगानीमा मन्दिरको निर्माण गरिएको हो ।
मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले मेयर खड्काले यस क्षेत्रलाई तुलसीपुरको धार्मिक,सांस्कृत र पर्यटकिय क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिवद्व भएको बताउनुभयो । वडा नम्वर ३ का वडाध्यक्ष बिजय विकले प्रतापकोटको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्दिर निर्माणकालागि पर्यटन मन्त्रालयले ७ लाख ५० हजार बजेट दिएको थियो भने स्थानीयले ७४ हजार १ सय ५५ रूपैयाँ बराबरको श्रमदान गरेका छन् । मन्दिरमा पञ्च धातुबाट निर्मित मुर्ती राखिएको छ । खैराबाङ भगवती देवीको मुर्ती निर्माणकालागि दाताबाट ६ लाख बढी रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनिराम रानाले जानकारी दिनुभयो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।