खोटाङ, २ बैशाख । खोटाङमा छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ । छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ ।
स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिनुभयो । तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीले बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।