२०८३ कार्तिक ११ गते बुधवार

दाङमा बजेट अभावले एक सय बढी खानेपानी आयोजना अलपत्र

दाङ, २२ चैत । दाङमा बजेट अभावले एक सय बढी खानेपानी आयोजना अलपत्र परेका छन् । बहुवर्षे योजनाको रुपमा रहेका योजनामा कम बजेटका कारण अलपत्र परेका हुन् । थोरै बजेटले यो वर्ष नयाँ काम गर्न नसकिएको खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ ।

वर्षेनि बजेट विनियोजन हुने गरेका क्रमागत योजनामा नाम मात्रको बजेट छुट्याइँ‘दा आयोजनाको काम शुरु नै हुन सकेन । एक करोडदेखि पाँच करोडसम्मका आयोजनामा पाँच हजारसम्म बजेट छुट्याइँदा काम नै शुरु गर्न नसकिएको कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले योजना निरन्तरताका लागि बजेट छुट्याइएको बताउनुभयो ।

कार्यालयमा आयोजना धेरै हुनु र बजेट कम हुनुले समयमै आयोजना सम्पन्न गर्न पनि नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।खानेपानी डिभिजन कार्यालय दाङका आधाजसो आयोजनामा बजेट अभाव देखिएको कार्यालयले जनाएको छ ।। आजको युगबोध दैनिकबाट ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।