२०८३ कार्तिक ११ गते बुधवार

अण्डाको नयाँ विक्री मूल्य तोकियो

काठमाण्डौ , २२ चैत । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ ।

सङ्घले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाण्डौमा तीन दिनसम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको हो । नयाँ मूल्य आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।