२०८३ कार्तिक ११ गते बुधवार

सामाजिक सञ्जालको दुरुपयोगले साइबर हिंसाको उच्च जोखिम

काठमाण्डौ, २० चैत । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो ।

संवाहिका समाज नेपाल नामको संस्थाले काठमाण्डौमा हिजो आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा किशोर किशोरीहरुले आफूले भोगेका साइबर हिंसाका अनुभव सुनाएका हुन् । कार्यक्रममा सिद्धि गणेश उच्चमाविका प्राचार्य केशव भण्डारीले हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुलाई दिने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार वस्तीले साइबर हिंसा र त्यसबाट जोगिने उपायका बारेमा किशोर किशोरीलाई सचेत गराउनुभयो ।

सकेसम्म कसैले पठाएका अनलाइन लिङ्कहरुमा क्लिक नगर्न र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन उहाँको सुझाव छ । आफूलाई परेको समस्या कोही नजिकका आफन्त वा साथीभाइसँग भन्नुपर्ने भन्दै उहाँँले यसले किशोर किशोरीमा हुने मानसिक तनाव कम हुने र कानुनी उपचारको बाटोमा जान सहज हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।