२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा स्कुल बसको ठक्करबाट बाख्राको खोर भत्कियो, एकजना घाइते

तुलसीपुर, १८ चैत ।  पश्चिम दाङमा स्कुल बसको ठक्करबाट बाख्राको खोर भत्किएको छ भने एकजना घाइते घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–४ सुर्यनगरका अन्दाजी २८/२९ वर्षीय सुर्य बहादुर बुढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो शनिबार बेलुका ६ बजेको समयमा रा १ ख २५२१ नम्बरको ग्रेड आइडिएल एकेडेमी स्कुलको बस सडकमा मोड्ने क्रममा छेउमा रहेको धन बहादुर बुढाको घरमा ठोक्किदा सँगै सटेको बाख्राको खोर भत्किनुका साथै घर छेउमा बसिरहेका सुर्य बहादुरलाई ठक्कर दिएको हो । दुर्घटनामा परी घाइते भएका बुढालाई सिटि हस्पीटल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।