२०८३ कार्तिक ११ गते बुधवार

सरकारले गर्‍यो २० सहकारीलाई समस्याग्रस्त घोषणा

काठमाण्डौ, चैत १५ । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ । मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले ४३ हजार ९ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी परेको छ । प्रहरीले अनुसन्धान गरिरहेको र पीडितले उजुरी दिन क्रम बढिरहेकाले ठगीको रकम बढ्न सक्ने देखिएको छ । नेपाल प्रहरीको सीआईबीका अनुसार सहकारी सञ्चालकले बचतकर्ताको रकमले सुपरमार्ट खोल्ने, घर जग्गा किन्ने, सञ्चारमाध्यम चलाउने, चिठ्ठा खेलाउने, घर बनाएर भाडामा लगाउने लगायतका गतिविधि गरेको पाइएको छ ।यस्तै, सहकारीका सदस्य नै नभएका व्यक्तिलाई भरपर्दो धितोबिनै ऋण लगानी गर्दा पनि समस्या भएको देखिएको छ ।

सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेपछि त्यसको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाउने गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।