तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर किराना पसल भित्र पुग्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–१८ का १९ वर्षीय मनिष बिक, सोही ठाउँका १६ वर्षीय सुरज महत र पसल सञ्चालक तुलसीपुर–६ का ४५ वर्षीय लोक प्रसाद हल्वाई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिजौरीबाट तुलसीपुर तर्फ आउदै गरेको रा २ प ७१७३ नम्बरको टु–ट्वान्टी पल्सर मोटरसाइकल आज बिहान पौने ११ बजेको समयमा तुलसीपुर ७ पर्सेनी बजारमा अनियन्त्रित भएर हल्वाईको पसलमा भित्र पुग्दा दुर्घटना भएको हो । घाइते मध्य मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते तिनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।