काठमाण्डौ, ११ चैत । ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ वटा घर जलेर नष्ट भएका छन् । फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट चार वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनमा लागेको डढेलोका कारण चैतको पहिलो हप्ता मात्रै ११ वटा घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।
अन्य कारणबाट चैतमा एउटा घर जलेको छ । फागुनमा डढेलोले एक र विद्युत् सर्ट भएर सल्केको आगोले तीन वटा घर नष्ट भएका छन् । ताप्लेजुङमा फागुनदेखि चैतको पहिलो हप्तासम्ममा झण्डै आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको तथ्यांक छ ।।
प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।