तुलसीपुर, ७ चैत । दाङको तुलसीपुरमा फेरी कलम बेच्ने अभियान सुरु भएको छ । काठमाडौंको एकता जेनिस कलेलमा अध्यन गर्दै आएका विद्यार्थीहरु प्राक्टीकल अर्थात व्यवहारिक ज्ञान हासिल गर्नका लागी तुलसीपुरमा कलम बेच्न आएका हुन् । दाङमा ६ जनाको टोली आएपनि घोराही र तुलसीपुरमा ३/३ जना विभाजन भएर कलम बेच्न थालेको दैलेखका निश्चल जंग थापाले बताउनुभयो । तुलसीपुरमा कलम बेच्दै गरेका थापाले अहिलेसम्म ५०/६० वटा कलम बेचिसकेको बताउनुभयो । दैनिक ३० वटा भन्दा धेरै कलम बेच्ने लक्ष्यका साथ दाङ आएपनि सो अनुसार विक्री नभएको उहाँले बताउनुभयो । १ सय जनासँग बार्गेनिङ हुदा १० जनाले मात्रै कलम किन्ने गरेको उहाँले बताउनुभयो । कलम बेचेर संकलन भएको रकम केही महिना पछी काठमाडौंमा आयोजना हुने नेतृत्व विकास सम्बन्धिको कार्यक्रममा खर्च गरिने उहाँले बताउनुभयो ।
देशभरीका युवा विद्यार्थीहरुको उपस्थिती रहने सो कार्यक्रमले क्षेमता विकासमा मद्यत पुग्ने उहाँको भनाई छ । विभिन्न व्यक्तीहरुसँग कुराकानी गर्न सिकिनुका साथै व्यक्तित्व विकास र सबैसँग बोल्न सक्ने क्षेमताको समेत विकास गर्नका लागी आफुहरु कलम बेच्ने अभियानमा लागेको उहाँले बताउनुभयो । यसरी हिड्दा धेरैजनासँग बोलचालसँगै बार्गेनिङ हुने भएकाले व्यक्तित्व विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । देशका अन्य विभिन्न जिल्लामा पनि विद्यार्थीहरु यसरी नै कलम बेच्न गएको उहाँले बताउनुभयो । एउटा कलमको मुल्य ८० रुपैयाँ भएपनि त्यो भन्दा बढि पनि स्वइक्षाले दिने गरेको उहाँले बताउनुभएको छ । ति कलम पसलबाट एउटालाई ६० रुपैयाँका दरले लिएको उनीहरु बताउछन् ।।
(कलम)





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।