२०८३ कार्तिक १२ गते बिहिवार

आफ्नो क्वाटरमा आफैँ आगो लगाउने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं, ६ चैत ।  सरकारी क्वाटरमा आगो लगाएको आरोपमा दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले प्रकाउ गरेको छ । फागुन २४ गते आफ्नो सरकारी क्वाटरमा आफैँ आगो लगाएपछि उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

उनले राति सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको र झ्यालबाट भागेर ज्यान जोगाएको प्रहरीमा बयान दिएपनि गाउँपालिकाले उक्त घटनामा उनी आफै संलग्न रहेको भन्दै उजुरी दिएको छ । गाउँपालिकाले उजुरीपछि उनलाई आइतबार पक्राउ गरि सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।