२०८३ कार्तिक १२ गते बिहिवार

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी, ५ चैत ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वारतर्फ गुडिरहेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना हुँदा गाडी धनी एवम् चालक ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका २७ वर्षका लालबहादुर तिलिजाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सडकदेखि तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाट श्रेष्ठ र तिलिजाको शव भेटिएको उहाँले बताउनुभयो । हिजो राति पोखरेबगरबाट हिँडेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान भिरमा अड्किएको अवस्थामा फेला परेको हो ।।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।