तुलसीपुर, ५ चैत । पश्चिम दाङमा जिप यात्रु बाहक जीप पल्टिदा ७ जना घाइते भएका छन । घाइते हुनेमा बबइ गाउँपालिका १ निवासी चालक ४७ वर्षका लोक बहादुर राना, सोही ठाउँ निवासी ५० वर्षका जोग बहादुर बुढा, ४५ वर्षका जित बहादुर बुढा, १७ वर्षकी तारा सारु मगर , ३२ वर्षका संगिता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ निवासी ५० वर्षकी नन्दकली थापा रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।
घाइते मध्य गम्भिर भएका जीप चालक लोकबहादुरलाई नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिनुभयो । पश्चिम दाङको गंगटेबाट तुलसीपुरका लागि छुटेको लु १ ज १४२७ नम्बरको जिप भाङाबारी नजिकै उकालोमा ओड लगाउने क्रममा ब्याक भएर पल्टिएको प्रहरीले जनाएको छ ।घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।