२०८३ कार्तिक १२ गते बिहिवार

पश्चिम दाङ जीप दुर्घटना : एक जनाको मृत्यु

तुलसीपुर, ५ चैत । पश्चिम दाङमा यात्रु बाहक जीप पल्टिदा घाइते भएका मध्य एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जित बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । बुढाको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा उपचारका क्रममा साढे ११ बजे मृत्यु भएको हो । त्यसैगरी जीप चालक बबइ गाउँपालिका १ निवासी ४७ वर्षका लोक बहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

पश्चिम दाङको गंगटेबाट तुलसीपुरका लागि छुटेको लु १ ज १४२७ नम्बरको जिप भाङाबारी नजिकै उकालोमा टायरमा ओड लगाउने क्रममा ब्याक भएर पल्दिा ७ जना घाइते भएका थिए । अन्य घाइते हुनेमा बबई गाउँपालिका–१ निवासी ५० वर्षका जोग बहादुर बुढा, १७ वर्षकी तारा सारु मगर , ३२ वर्षका संगिता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ निवासी ५० वर्षकी नन्दकली थापा रहेका छन् घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।